२. छोटो उत्तर देउ :
क) आइतमानलाई प्रेरणा दिने घटना के हो ?
⮞ एकदिन आइतमान विद्यालय जाँदा एउटा डल्ले किरो मुखमा खानेकुरा च्यापेर आलीको डिलमा माथि उक्लिँदै थियो । आलीको डिलमा आइपुगेपछि खानेकुरा च्यापेको च्याप्यै किरो लडेर खेतमा पुग्यो । किरो फेरि आलीको डिलमा चढ्यो । फेरि डिलमा आइपुग्दा फेरि खानेकुरो च्यापेको च्याप्यै लड्यो । किराले हिम्मत हारेन । फेरि आलीका डिलमा उक्लियो । डिलमा आइपुगेपछि फेरि तेस्रो पटक लडेर खेतमा पुग्यो । किरो खानेकुरो च्यापेर तेस्रो पटक आलीमाथि चढ्यो र प्वालमा रहेको आफ्नो घरभित्र पस्यो । यो घटना आइतमानलाई प्रेरणा दिने घटना हो ।
(ख) कस्ता मानिस उत्तम श्रेणीका हुन्छन् ?
⮞ थालेको राम्रो र महान् काम जतिसुकै बाधा आएपनि नछोड्ने, पुरा गरेरै छाड्ने मानिस उत्तम श्रेणीका हुन्छन् ।
(ग) गाउँको हिलो बाटोको समस्या कसरी समाधान भयो ?
⮞ आइतमानले गाउँलेका बारीमा ढुङ्गा टिपेर बाटोमा बिछ्याउने जुक्ति निकाले । यसो गर्नाले हिलो बाटो पुरिएर हिँड्न सजिलो भयो । यसरी गाउँको हिलो बाटोको समस्या समाधान भयो ।
(घ) आइतमानका भाइको गल्ती के थियो ?
⮞ आइतमानका भाइले विद्यालयको मूल ढोका अगाडि कागजका टुक्रा च्यातेर फाल्ने काम गर्नु नै गल्ती थियो ।
ङ) जीवनी पढेको कुरा सुनेर आइतमानका साथीहरूले कस्तो छलफल गरे ?
⮞ जीवनी पढेको कुरा सुनेर आइतमानका साथीहरूले पनि परोपकार, अनुशासनको पालना, शान्ति र सद्भावनाका बारेमा कुराकानी गर्दै मर्यादा, धैर्य र लगनशीलताबाट असल र महान् बन्न सकिने विषयमा छलफल गरे ।
(च) अनुकरणीय मानिस बन्न के गर्नुपर्छ ?
⮞ अनुकरणीय मानिस बन्न हामीले सानैदेखि असल आचरणको विकास गर्नुपर्छ । इमान्दार, चरित्रवान्, मेहनती, लगनशील र अनुशासित बन्नुपर्छ । सबैप्रति असल सोच राख्नुपर्छ । सबैसँग असल व्यवहार गर्नुपर्छ ।
३. तिम्रो समुदायमा मानिसले राम्रो काम गरेर स्वाबासी पाएका होलान् । ति काम के हुन्, समुदायका मानिसहरूसँग सोधखोज गरी कामको विवरण तयार पार ।
⮞ - समुदायको बातावरण सफा सुग्घर राखेको ।
- बाटो बनाउन सहयोग गरेको ।
- खाली जग्गा चौर आदि ठाउँमा वृक्षारोपण गरेको ।
- साँस्कृतिक सम्पदाको संरक्षण र सफा सुग्घर गरेको ।
- एक आपसमा आपसी प्रेम र सद्भाव राखेको ।
- पढ्नबाट बञ्चित भएका बालबालिकालाई बिद्यालय पठाउन प्रोत्साहित गरेको ।
- स्वास्थ्यचौकी निर्माणमा सहयोग गरेको ।
- प्रत्येक घरमा चर्पी निर्माणमा पहल गरेको ।
४. यी काम गर :
(क) आइतमानले गरेका राम्रा कामहरूको सूची बनाउ ।
⮞ आइतमानले गरेका राम्रा कामहरू यसप्रकार छन् :-
- सालपोखरी गाउँको हिलाम्मे बाटोमा गाउँलेका बारीका ढुङ्गा टिपेर बिछ्याए जसले गर्दा मानिसलाई बाटो हिड्न सजिलो भयो।
- सालपोखरी गाउँमा प्रत्येक घरमा शौचालय बनाउने र पानीको मुहान सफा राख्ने अभियान चलाए ।
- गाउँलेलाई व्यक्तिगत र घर आँगनको सरसफाइप्रति सक्रिय गराए।
- पुस्तकालयमा पढेका महान् व्यक्तिका जीवनीबारे विद्यालय खुलेपछि साथीसँग कुराकानी गरे ।
- भाइबाट भएको गल्तीलाई पुन: नदोहो-्याउन बाचा गराए ।
(ख) विद्यालय बिदा भएको दिन साथीहरूले मिलेर आफ्नो टोल छिमेकमा गर्न सक्ने राम्रो कामको विवरण तयार पार ।
⮞- टोलबासीहरूमा पोषणयुक्त खानेक्राको महत्व बताउन ।
- सरुवा रोगबारे जानकारी गराउन ।
- बाटो सरसफाइ गर्न ।
- साँस्कृतिक सम्पदा बरिपरि सरसफाइ गर्न ।
- खालि जग्गामा वृक्षरोपण गर्न ।
- पानीको स्रोत नजिकै सफासुग्घर राख्न ।
(ग) तिमी कस्तो मानिसलाई असल चरित्रको मान्छौँ, उदाहरण दिई लेख ।
⮞ जुन व्यक्ति असल आचरण भएको, इमान्दार, अनुशासित, सहयोगी छ त्यस्तो मानिसलाई म असल चरित्रको मान्छु । हाम्रो गाउँमा बिपिन सर हुनुहुन्छ । उहाँ आफू पनि असल आचरण, अनुशासित, इमान्दार र सहयोगी हुनुहुन्छ । आफूभन्दा ठूलालाई आदरसम्मान गर्नुहुन्छ । सबैसँग असल व्यबहार गर्नुहुन्छ । गाउँमा झै-झगडापर्दा दुवैतर्फको कुरा सुनेर झगडा मिलाइदिनुहुन्छ । गाउँका सबै मानिसलाई समान व्यबहार गर्नुहुन्छ । आफूले सक्ने सबैलाई सहयोग गर्नुहुन्छ । गाउँलेले नबुझेका कुरा राम्रोसँग बताइदिनु हुन्छ । गाउँले सबैले उहाँको इज्जत गर्छन् । केटाकेटीहरूलाई प्रतिभा विकासका लागि हौसला दिनुहुन्छ । बिपिन सरको जस्तो असल आचरण भएका व्यक्तिले समाजको उन्नतिमा सहयोग पुर्याउछन् । त्यसकारण बिपिन सरको जस्तो आचरण भएको मानिसलाई म असल चरित्रको मान्छु ।
५. तल दिइएको चित्रलाई दश वाक्यमा वर्णन गर ।
चित्रमा बालबालिकाहरु जम्मा भएर टोलमा स्वास्थ्य तथा सरसफाई सम्बन्धी काम गरिरहेका छन् । सबै मिलेर एक आपसमा फोहोर बढारेर एक ठाउँमा जम्मा गरी फोहोरको नियन्त्रण गर्ने त्यसलाई निश्चित ठाउँमा पुरिदिने अथवा व्यवस्थापनको उपाय गर्दैछन् । यसबाट गाउँको बातावरण सुन्दर र सफा देखिन्छ । जसले गर्दा गाउँलेहरू सरुवा रोगहरूबाट बच्न सक्छन् । बालबालिकाहरूले चलाएको यस्तो अभियानबाट गाउँलेहरूमा पनि टोल सफा राख्नुपर्छ भन्ने चेतना अभिवृद्धि भएको छ । यसरी काम गर्नाले बालबालिका स्वयम्मा कामको जिम्मेवारी बोध हुन्छ । आफू बस्ने ठाउँ, घर, आँगन, टोल सफा राख्ने बानीको बिकास हुँन गई सानैदेखि बालबालिकामा असल आचरण निर्माणमा सहयोग पुग्छ ।
६. तिमी आफ्नो कमजोरी पहिचान गरी तिनलाई सुधार्न के गर्न सक्छौ, लेख।
म आफ्नो कमजोरी पहिचान गरी तिनलाई सुधार्न त्यस किसिमको घटना दोहोरिन दिन्न । असल सोच राखेर काम गर्नेछु । आफूले नजाने, नसकेमा, नबुझेमा आफूभन्दा ठूलाको सहयोग लिनेछु । आफ्नो गल्तीलाई सुधार्न सधै प्रयत्नशील रहनेछु ।
७. समय सिलाएर नजिकैको स्वास्थ्य चौकीमा जाउ । त्यहाँ दैनिक रूपमा के काम हुँदो रहेछ, अवलोकन गर र तिमीले गर्न सक्ने कामको सूची बनाउ । त्यसपछि अभिभावकको अनुमति लिई स्वयम्सेविका रूपमा चौकीमा काम पनि गर ।
स्वास्थ्य चौकीमा नियमित रूपमा हुने कामको विबरण यसप्रकार छ :
- पाँच बर्षभन्दा मुनिका बालबालिकाहरूलाई दिइने विभिन्न प्रकारका खोपहरू ।
- सामान्य ज्वरोको औषधी ।
- जुकाको औषधी ।
- झाडापखालाको औषधी ।
- प्राथमिक उपचारका सेवाहरू ।
- परिवार नियोजन सम्बन्धी बिभिन्न जानकारी सहित अस्थायी साधनहरू वितरण, आदि ।
८. आफ्ना भाइबहिनीलाई असल मानिस बनाउन तिमी कस्तो भूमिका निर्वाह गर्छौं ?
आफ्ना भाइबहिनीलाई असल मानिस बनाउन म सधैं कोशिश गर्नेछु । सानैदेखि पढाइप्रति जागरुक बनाउँछु । समयको सही सदुपयोग गर्न सिकाउँछु । प्रेरक व्यक्तित्वका जीवनी तथा कथा सुनाउँछु । सानैदेखि कामको जिम्मेवारीको बोध गराउनेछु । असल आचरण र विकासका लागि हौसला प्रदान गर्नेछु । व्यक्तिगत सरसफाइ तथा सामानको सुरक्षाका बारेमा जानकारी गराउँछु । आफ्नो कमजोरी पत्ता लगाई सुधार गर्न सिकाउँछु ।
९. व्यक्ति कसरी राष्ट्रको सान बन्न सक्ला, आफ्ना विचार लेख ।
असल सोच तथा आचरण, मेहनत, लगनशीलता तथा निरन्तरको प्रयासले मानिसमा असल काम गर्ने हौसला प्रदान हुन्छ । जसले गर्दा व्यक्ति इमान्दार,. चरित्रवान्, अनुशासित हुनुका साथै उसमा आत्मविश्वास बढ्न जान्छ । यसबाट व्यक्तिलाई जीवनमा सफलता मिल्दै जान्छ र व्यक्ति राष्ट्रको सान बन्न सक्छ ।
0 Comments